सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समय आज समाप्त हुँदैछ। कम्पनीले जेठ २८ गतेदेखि बिक्री खुला गरेको सेयरमा इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ८५ हजार कित्ता आईपीओ बिक्री खुला गरिएको थियो।

सर्वसाधारणतर्फको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीको आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।

कम्पनीले प्राप्त गरेको केयर एनपी डबल बी (CARE-NP BB) इस्युयर रेटिङ ले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ। आवेदन अवधि समाप्त हुन लागेकाले इच्छुक लगानीकर्तालाई समयमै आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।