राहादानी छपाई अनियमितामा प्रकरणमा थप २ जना पक्राउ

राहादानी छपाई अनियमितामा प्रकरणमा थप २ जना पक्राउ


ग्लोब नेपाल
162
Shares

काठमाडौं । राहदानी छपाइ अनियमितता प्रकरणमा संलग्नता रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज दुई जनालाई पक्राउ गरी छानबिन अगाडी बढाएको छ । 

यसरी पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् ।

पक्राउ परेका दुवैमाथि थप छानबिन रअनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्यादसमेत लिइसकेको छ । गत असार १ मा राहादानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो ।