प्रहरीद्वारा मध्यरातमा मन्त्री निवासमा छापा

प्रहरीद्वारा मध्यरातमा मन्त्री निवासमा छापा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । प्रहरीले मध्यरातमा मन्त्री निवासमामा छापा मारेको छ । कोशी प्रदेशका आन्तरिक कानुन मन्त्रीको निवासमा प्रहरीले बिहीबार राती छापा मारेको हो । राती १० बजे प्रदेश मन्त्री इन्द्रमणी पराजुलीको सरकारी निवासमा प्रहरीले छापा मारेका हुन् ।

यस विषयमा प्रहरीले कुनै कुरा बाहिर ल्याएको छैन । तर, नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाको बैठकमा सो बिषय उठाएका छन् । संसदमा उनले भने, ‘हिजो बेलुका राती १० बजे आन्तरिक कानुन मन्त्रालय इन्द्रमणी पराजुलीको क्वाटारमा प्रहरीले खानतलासी गरेको छ, हिजो राती उहाँ संखुवासभा जानु भएको रहेछ । किन छापामारिएको हो ? त्यसको जानकारी चाहियो ।’

संसदमा राईले भने, ‘उहाँ नभएको बखतमा राती पुलिसहरूले गएर घर, कोठा छापा मारेका रहेछन, त्यहाँ किन त्यस्तो भयो, नयाँ सरकार आएपछि यो के भएको हो ? त्यसको छानबिन गर्न माग गर्दछु ।’