रास्वपाको महाधिवेशनमा ओली नजाने, गगन अनिर्णित, प्रचण्ड स्वास्थ्य हेर्दै

रास्वपाको महाधिवेशनमा ओली नजाने, गगन अनिर्णित, प्रचण्ड स्वास्थ्य हेर्दै


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी ७ देखि ९ असारमा हुने आफ्नो प्रथम महाधिवेशनमा शुभकामना मन्तव्यका लागि दलहरूको प्रमुखलाई निमन्त्रणा गरेको छ ।

सभापति रवि लामिछानेले दलका नेताहरुलाई निमन्त्रणा गरेको पत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले पठाएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका दलले रास्वपाले निमन्त्रणा गरेको जानकारी गराएका छन् ।

कांग्रेसका सभापति गगन थापा शुभकामनाका लागि महाधिवेशनमा जानेरनजाने निर्णय गरिसकेका छैनन् । सभापति थापाका सचिवालयका एक सदस्यले रास्वपामा महाधिवेशनमा जाने विषयमा टुंगो नलागिसकेको जानकारी दिएका छन । एमाले अध्यक्ष केपी ओली रास्वपाको महाधिवेशनमा शुभकामना मन्तव्यका लागि नजाने स्वकीय सचिव निरु पालले जानकारी दिए । नेकपाका अध्यक्ष प्रचण्ड स्वास्थ्यमा अनुकूल रहे आफैं जाने भएका छन् ।

नेकपा नेता देवेन्द्र पौडेलले भने, ‘स्वास्थ्य राम्रो रहे आफैं जाने भन्नुभएको छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको महाधिवेशनमा शुभकामना दिन जाने बताइ सकेका छन ।