रविविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति

रविविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको मागअनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको अदालत स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।