काठमाडौँ । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान निधन भएको छ । उनको बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरेका छन् । ‘चतुरेको दाउपेच’ उनको चर्चित सिरियल हो ।


प्रतिक्रिया