काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने भएका छन् । थापाका स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन थापा जान लागेको जानकारी गराएका हुन् ।

विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएको थियो । महाधिवेशनका लागि रास्वपाका नेताहरू सहभागी हुने क्रम जारी रहेको छ । रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि महाधिवेशनमा सहभागी हुन चितवन पुगिसकेका छन्।

रास्वपाको पहिलो महाधिवेशन आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ ।