ट्रम्पको धम्कीपछि भड्कियो इरान

ट्रम्पको धम्कीपछि भड्कियो इरान

बार्तास्थल छाडेर बाहिरिएकाे दावी


ग्लोब नेपाल
162
Shares

आइतबार स्वीट्जरल्याण्डमा अमेरिका–इरान वार्ताको क्रममा तनाव बढेको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बार्ता सुरू हुनै लाग्दै दिएको धम्की पछि आक्रोशित भएको इरानी टोलीले वार्ता स्थगित गरेको छ।

एजेन्सीका अनुसार कतारी प्रतिनिधिमण्डलसँग भेट गरे पछि इरानी टोली अमेरिकासँग वार्ता भइरहेको भवनबाट बाहिरिएको बताएको छ। सुरुमा, दुई पक्ष बीच हात मिलाउने र संयुक्त फोटो सत्रको योजना बनाइएको थियो तर इरानी टोलीले ती दुवै पुर्ब निर्धारित कार्यक्रममा भाग लिन अस्वीकार गरेको जनाइएको छ। 

वार्ता सुरु हुनुभन्दा अघि ट्रम्पले इरानलाई धम्की दिएको दाबी गरेको छ। सामाजिक सञ्जाल ट्रुथ मार्फत इरानलाई लेबनानमा हिजबुल्लाहलाई रोक्न आग्रह गरेका थिए । यदि इरानले त्यसो नगरेमा फेरि इरान माथी आक्रमण गर्ने धम्की दिए पछि इरान भडकिएको हो ।

ट्रम्पको टिप्पणी पछि इरानी टोलीको नेतृत्व गरिरहेका मोहम्मद बागेर गालिबाफले इरान अमेरिकी धम्कीबाट नडराउने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

तर, स्विट्जरल्याण्डका एक अमेरिकी अधिकारीले इरानी समाचार एजेन्सीको दाबीलाई अस्वीकार गर्दै भने कि इरानी प्रतिनिधिमण्डल अझै पनि वार्तामा उपस्थित रहेका छन र मध्यस्थकर्ता देशहरूलाई वार्ता त्याग्न आग्रह गरेको थिएनन्।

उता, ६० दिने युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा परिणत गर्ने प्रयासमा दुई देशका प्रतिनिधिहरूले आइतबार स्विट्जरल्याण्डमा लगभग ८० मिनेट वार्ता भने गरेका थिए ।