चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै सुरू हुन सकेको छैन् । हिजोदेखि सुरू भएको बन्द सत्र महाधिवेशन प्रतिनिधिको टुंगो तथा अन्य प्रावधिक समस्या देखाएर अझै सुचारू हुन नसकेको हो ।
सो अघि नेपाली सेनाको बम डिस्पोजल टोलीले बन्द सत्र स्थलमा सुरक्षा जाँच गरेको छ भने यतिखेर प्रतिनिधिहरू खान खान लाइनमा बसिरहेका छन् । शीर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका बारेमा छलफल गरिरहेका छन् ।


प्रतिक्रिया