मनिष झाले रास्वपा महामन्त्री पदमा उम्मेदवारी दिने

मनिष झाले रास्वपा महामन्त्री पदमा उम्मेदवारी दिने


ग्लोब नेपाल
270
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी नेतृत्व चयन प्रक्रियामा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

हाल झा पार्टीभित्र कुनै पनि लाभको पदमा छैनन् । उनी रास्वपाका प्रवक्ताका रूपमा सक्रिय छन् । आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्रको तयारी भइरहेको छ ।