गृहमन्त्री सुधनमाथि आक्रमण प्रयास गर्ने को ?

गृहमन्त्री सुधनमाथि आक्रमण प्रयास गर्ने को ?


ग्लोब नेपाल
162
Shares

चितवन । गृहमन्त्री सुधन गुरुङमाथि हातपात नभएको उनको सचिवालयले जनाएको छ। सचिवालयले आक्रमणको हल्ला निराधार भएको बताएको हो।

सचिवालयले गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको बताएको छ । यसअघि गृहमन्त्री गुरुङमाथि नै आक्रमण भएको सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । सचिवालयले यस्ता समाचारको विश्वास नगर्न अनुरोधसमेत गरेको छ ।

आक्रमण प्रयास गर्ने को हो र घटनाको वास्तविकता के हो भन्ने विषय अझै अन्योलपूर्ण रहेको छ । हावा नचली पात हल्लिदैन भने झै वास्तविकता बाहिर आउन बाँकी छ । यदि यो घटना होइन भने यो हल्ला चलाउने को हो त्यसको खोजी हुनुपर्ने बताइएको छ ।