एमाले उपाध्यक्ष पौडेललाई राति १० बजे पुल्चोक चौकी लगियो

एमाले उपाध्यक्ष पौडेललाई राति १० बजे पुल्चोक चौकी लगियो


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सुर्खेतबाट समातेर सार्वजनिक हायस गाडीमा रातारात हिजो बिहान काठमाडौं ल्याइएका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई ललितपुरको पुलचोक प्रहरी चौकीमा राखिएको छ । उनलाई विशेष अदालतको ७ दिन कानुनी हिरासतमा राख्ने आदेशपछि राति पौने १० बजे त्यहाँ पुर्याइएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नजिकै रहेको र सर्वसाधारणको आवतजावत तुलनात्मक रूपमा कम हुने भएकाले पौडेललाई पुलचोक प्रहरी चौकीमा राखिएको छ । आफन्त,कानुन व्यवसायी तथा शुभेच्छुकहरूसँग भेटघाट र विभागले आवश्यक अनुसन्धान गर्ने कार्यका लागि सहज हुने भन्दै उक्त स्थान छनोट गरिएको बताइन्छ ।

उक्त चौकी ललितपुर प्रहरी परिसरबाट करिब एक किलोमिटरको दूरीमा छ । उनलाई थुनछेक बहसका लागि अदालतमा अपरान्ह पुर्याइएको थियो । सरकारी वकिलले थुनामा राखी अनुसन्धान गर्न माग गर्दा कुनै दह्रो आधार पेश गर्न सकेका थिएनन् ।