पराजित दक्षिण कोरिया नकआउट चरणमा पुग्ने सम्भावना जिवितै

पराजित दक्षिण कोरिया नकआउट चरणमा पुग्ने सम्भावना जिवितै


ग्लोब नेपाल
432
Shares

दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो ।

दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरे । थापेलोले ६३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन ।

दक्षिण अफ्रिकाले ३ खेलबाट ४ अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउटमा पुगेको हो । सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको हो ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको ३ अंक छ । तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुग्ने दक्षिण कोरियाको सम्भावना जिवितै छ । त्यसका लागि अन्य टोलीको नतिजामा निर्भर हुनेछ । ३ खेलबाट एक अंक जोडेको चेक रिपब्लिक प्रतियोगिताबाट बाहिरिसकेको छ ।