चितवन । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ । संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ ।
त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्मलाई तोकिएको छ । त्यस्तै दाबी विरोध ८ बजेलाई राखिएको छ ।
रास्वपाको विधानअनुसार एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन् । ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ ।


प्रतिक्रिया