काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी टुंगो लागेको छ । महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् भने सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र अशिम साह निर्वाचित भएका छन् ।
सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भएका थिए । उपसभापति गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । महामन्त्रीमा आचार्यले ६ सय ७३ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी मनिष झाले ३ सय ४६ मन पाए ।
सोही पदमा उम्मेदवारी दिएका मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत, सागर ढकालले १३९ मत र रञ्जु दर्शना ३४ मत पाएका थिए ।
सहमहामन्त्री पदका उम्मेदवार पुकार बम ३३४ मत, यज्ञमणि न्यौपानेले ३०० मत, रमेश प्रसाईंले २०७ मत, सुलभ खरेलले २९१ मत, अशोककुमार चौधरीले १७९ मत, मिलन लिम्बूले १५१ मत, राजीव खत्री १४८ मत, विजय जैरु ११४ मत र हिमेश पन्तले ५३ मत प्राप्त गरेका थिए ।
महिला सहमहामन्त्रीमा रिमा विश्वकर्मा २८२, कामिनीकुमारी चौधरी १४६ मत, जमुना शर्मा (बिदुसी)ले ८२ मत, जुली यादवले ७८ प्राप्त गरेका थिए ।
यसअघि खुला उपसभापतिमा डा स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी सभापतिमा रवि लामिछानेको मात्र उम्मेद्वारी परेको थियो । वरिष्ठ नेता स्वतः प्रधानमन्त्री वालेन्द्र शाह भएका छन् ।
दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्
पदाधिकारीका लागि भएको मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग जानकारी दिएको छ । रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो । केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् ।
निर्वाचित केन्द्रीय सदस्यहरु



प्रतिक्रिया