रास्वपाको निर्वाचनमा बालबालिकाको सहभागिताप्रति प्रश्न उठेको छः काँग्रेस

रास्वपाको निर्वाचनमा बालबालिकाको सहभागिताप्रति प्रश्न उठेको छः काँग्रेस


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निकै गम्भिर र आश्चर्य चकित बनाएको बताएकी छन् ।

सांसद काउचाले नेपालको संविधान, कानूनले समेत बर्जित गरेको अवस्थामा उक्त पार्टीमा ठूलो संख्यामा बालबालिकाहरु रहेको उल्लेख गर्दै उनीहरुले निर्वाचित गरेका पदाधिकारी तथा सदस्यको बैधानिकतमाथि समेत प्रश्न उठेको बताइन् ।

आईतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद काउँचाले बालबालिकाहरुलाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ, संस्थाहरु खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधान विपरित बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नु पछ कि पर्दैन ? भनि सरकारलाई प्रश्न समेत गरिन् ।

सांसद काउचाले रास्वपा संविधान र कानूनभन्दा माथि नभएको उसले पनि त्यसको पूर्ण पालना गरेर अघि बढ्नुपर्ने समेत बताइन् ।