सुनको मूल्यमा एकैदिन ४ हजार ५ सय रुपैयाँको गिरावट

सुनको मूल्यमा एकैदिन ४ हजार ५ सय रुपैयाँको गिरावट


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार भने सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ रहेको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

यसैबीच, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।