रास्वपाद्वारा निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता

रास्वपाद्वारा निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता

अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीका निर्वाचन आयोग र लेखा आयोगमा कार्यरत पुरानै टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ।

पार्टीका अनुसार विधानबमोजिम आयोगहरू रिक्त रहन नहुने व्यवस्था रहेकाले केन्द्रीय समितिले आवश्यक निर्णय गरेको हो। बैठकले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पूर्ववत् टोलीलाई नै निरन्तरता दिएको छ भने अनुशासन आयोगको प्रमुख जिम्मेवारी लेखनाथ पौडेललाई प्रदान गरेको छ।

यसैगरी, बैठकले पार्टीको प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याएका विभिन्न उपसमिति, सुरक्षा निकाय तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको जनाएको छ।