एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै ६ हजार २ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार विहीबार(आज) सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५ सय तोकिएको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ४ हजार ४५० रुपैयाँ तोकिएको छ । यसअघि अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।