काठमाडौं । मुगु, हुम्ला र संखुवासभा जिल्लाका केही पालिकाको क्रियाशील सदस्यता अद्यावधिक लिखित केन्द्रमा पठाउने कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन गरेको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी पत्रमार्फत तीन जिल्ला कार्यसमितिहरूलाई केही पालिकामा अनलाइन प्रणालीमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्न समस्या देखिएले लिखित उपलब्ध गराउन निर्देशन दिइएको हो ।
पत्रअनुसार, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको जेठ २१ गते बसेको बैठकको निर्णयबमोजिम समस्या देखिएका पालिकाका क्रियाशील सदस्यहरूको विवरण सिफारिससहित निर्धारित ढाँचामा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ। प्राप्त विवरणलाई केन्द्रबाट अनलाइन प्रणालीमा प्रविष्ट गरी क्रियाशील सदस्यता अद्यावधिक गरिने जनाइएको छ।
केन्द्रीय कार्यालयले पठाएको फाराममा क्रियाशील सदस्यता नम्बर, नाम, ठेगाना, बाबुरआमाको नाम, पति÷पत्नीको नाम, जन्ममिति, लिङ्ग, पेशा, मोबाइल नम्बर तथा वडा नम्बर लगायतका विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त विवरण वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला तहका सम्बन्धित पदाधिकारीहरूको प्रमाणिकरणपछि केन्द्रमा पठाउन भनिएको छ।



प्रतिक्रिया