काठमाडौं । रोमाञ्चक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल प्रि–क्वाटरफाइनल (अन्तिम १६) मा पुगेको छ । टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा इन्जुरी समयमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय जीत निकालेको हो ।
एक गोलले पछि परेको पोर्चुगल क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो । पोर्चुगलले अब अन्तिम १६ मा छिमेकी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलमा इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए । तर क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरेका थिए ।
रोनाल्डोले पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गरेका छन् । निर्धारित समयमा १-१ को बराबरीको अवस्थामा रामोसले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा हेडमार्फत् बराबरी गोल गरेका हुन् ।


प्रतिक्रिया