काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्यलाई नियुक्त गरेका छन् ।
उपसभापति शर्माले डा. आचार्यलाई पार्टीको विधानबमोजिम कार्यकारी निर्देशकमा आगामी साउन १ गतेदेखि लागू हुनेगरी आज नियुक्त गरेको काँग्रेसले जनाएको छ । डा. आचार्य काँग्रेस प्रचार विभागका पूर्वउपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासंघका पूर्व सभापति छन् ।


प्रतिक्रिया