चिसन्खुगढी सितोरियो कराते शाखाको ग्रेडिङ सम्पन्न

चिसन्खुगढी सितोरियो कराते शाखाको ग्रेडिङ सम्पन्न


ग्लोब नेपाल
702
Shares

ओखलढुंगा । नेपाल सितोरियो कराते संघ, शाखा डोजो चिसन्खुगढी ओखलढुंगा मातहतको सरस्वती माध्यमिक विद्यालय र जाल्पा माध्यमिक विद्यालय कालीमाटीद्वारा खेलाडी विद्यार्थीको बेल्ट टेष्ट (ग्रेडिङ) कार्यक्रम सम्पन्न गरेको छ । ग्रेडिङ कार्यक्रममा चिसन्खुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा, बिशिष्ट अतिथि नेपाल सितोरियो कराते प्रमुख प्रशिक्षक (राखेप) दिपक श्रेष्ठलगायत टिमका सदस्यहरु, अभिभावक र विद्यार्थीको सहभागिता थियो ।

प्रमुख प्रशिक्षक इन्द्र कार्की (राजन) ले कार्यक्रम सहभागी, डोजोलगायत दुवै विद्यालय परिवारप्रति आभार व्यक्त गरे । उनले भने, ‘यो खेल यहाँसम्म ल्याउन, खेल सामग्री उपलब्ध गराएर प्रेरणा दिने संस्था ग्लोबल नेप्लिस कराते अर्गनाइजेसन (जिएनकेओ) धन्यवादका पात्र हुनुहुन्छ ।’ खेलाडी विद्यार्थी भाइ बहिनीहरुलाई मोहन कार्की, माना कार्की, गोबिन्द खतिवडा, चन्द्र भुजेल, रामचन्द्र कार्की, इन्द्र कार्की (राजन), शम्भु कार्की राजीब कार्कीले पोशाक सहयोग गरेका थिए ।

खेल जिल्लाव्यापी भइसकेको प्रशिक्षक कार्कीले जानकारी दिए । चाँडै प्रदेश हुँदै राष्ट्रिय टिमसम्म पुग्नेमा आशावादी रहेको प्रशिक्षक कार्कीले योजना सुनाए । उनले भने, ‘सितोरियो कराते शाखा डोजो चिसन्खुगढीलाई यहाँसम्म्म ल्याउन साथ सहयोग गर्नु हुने सम्पूर्णमा मेरो विशेष धन्यवाद छ, आभार प्रकट गर्दछु ।’