सुन तोलामा आज १४ सय रुपैयाँले घट्यो

सुन तोलामा आज १४ सय रुपैयाँले घट्यो


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार भने सुन तोलामा दुई लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलामा ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।