काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका थिए । उनको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।
आत्मदाहको प्रयास गर्ने पुरुषको परिचय खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा नगरपालिकाको पार्किङसम्बन्धी विवादसँग जोडिएको हुन सक्ने सूचना प्राप्त भएको भए पनि त्यसबारे यकिन हुन बाँकी रहेको एक प्रहरी अधिकारीले बताएका छन्।


प्रतिक्रिया