मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा पदबहाली

मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा पदबहाली


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्। बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

पदबहाली कार्यक्रम सामान्य र संक्षिप्त रूपमा सम्पन्न भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सीमित कर्मचारीको उपस्थितिमा कुनै विशेष तामझामबिनै नियमित प्रशासनिक प्रक्रियाअनुसार पदबहाली गरिएको कार्यालय स्रोतले जनाएको छ।

कार्कीले पदभार ग्रहणसँगै मुख्यसचिवका रूपमा नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्दै सरकारका निर्णय कार्यान्वयन, निजामती प्रशासनको समन्वय तथा प्रशासनिक सुधारका कार्यलाई अघि बढाउनेछन्।