वाशिङ्गटन डिसी (अमेरिका) । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’को अध्यक्षमा साहित्यकार तथा कवि लालगोपाल सुवेदी विजयी हुनुभएको छ ।
शुक्रबार सम्पन्न निर्वाचनको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी, महासचिवमा राजु सिटौला र अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली निर्वाचित भएका हुन् ।
नवगठित कार्यसमितिको सदस्यमा राजेन्द्र केसी, डा पारसमणी दङ्गाल, हरिमाया अधिकारी, महेश्वर पन्त र मिरा कोइराला निर्वाचित भएका छन् । यस अगाडि एशिया क्षेत्रका उपाध्यक्ष दिनेशराज ज्ञवाली, युरोप क्षेत्रका उपाध्यक्ष राज श्रेष्ठ र ओसियाना क्षेत्रका उपाध्यक्ष डा प्रकाश पौडेल, सचिव ऋषभराज घिमिरे र कोषाध्यक्ष पुष्पा खनालमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
समितिको कार्यकाल दुई वर्षको हुनेछ । अनेसास प्रवासमा छरिएर रहेका साहित्यकार, लेखक तथा कविको साझा थलोको रूपमा विगत तीन दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएको छ ।


प्रतिक्रिया