३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ


ग्लोब नेपाल
135
Shares

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन । पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ हाटबजार बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका २९ वर्षीय सुरेन्द्र खड्कालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

सुरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।