फिफा विश्वकपको फाइनलको टिकट मूल्य ६० लाखसम्म

फिफा विश्वकपको फाइनलको टिकट मूल्य ६० लाखसम्म



फिफाले फाइनल खेलका लागि सामान्य टिकटहरू पनि ३२ हजार ९७० डलरसम्ममा बिक्री गरिरहेको छ, जुन नेपाली रूपैयाँमा ५० लाख २६ हजार भन्दा बढी हुन जान्छ । 

उसले फाइनल खेलका लागि खाना र पेय पदार्थसहितका टिकटहरूको मूल्य ३४ हजार ५०० अमेरिकी डलर तोकि दिएको हो ।

फिफाले हालै न्यु जर्सीको ईस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने विश्वकपको फाइनल खेलका लागि ‘क्याटेगोरी २’ का करिब १ हजार २०० टिकटहरू सार्वजनिक गरेको छ। यी टिकटहरूको मूल्य प्रतिटिकट ७ हजार ३८० अमेरिकी डलर तोकिएको छ।

हालसम्म फिफाको अन्तिम समयको टिकट बिक्री सम्बन्धी वेबसाइटमा यस खेलका टिकटहरू ‘बिक्री भइसकेको’ देखाइएको थियो। यद्यपि, कुल १ हजार ७८ सिटहरू उपलब्ध थिए,  ती सिटहरू रंगशालाको माथिल्लो तहका पाँचवटा खण्डमा रहेका थिए।

फिफाले तल्लो तह क्याटगोरी २ को टिकट भने १९ हजार ९९५ देखि ३२ हजार ९७० डलरसम्म मूल्य पर्ने ६८ वटा प्रिमियम (क्याटेगोरी १) का टिकटहरू पनि बिक्री गरिरहेको छ ।

यसका साथै, क्रमशः ३४ हजार ५०० र ३२ हजार ५०० अमेरिकी डलर मूल्य पर्ने  ‘ट्रफी लाउन्ज’ र ‘ट्रफी लाउन्ज प्लस हस्पिटालिटी’ प्याकेजका टिकटहरू पनि उपलब्ध थिए, यी प्याकेजहरूमा खाना र पेय पदार्थ समावेश छन्। अर्थात ५२ लाख ५९ हजार भन्दा बढी नेपाली रूपैयाँ मुल्यका ती टिकटहरू  रहेका छन । 

विश्व फुटबलको सर्वोच्च निकायले बिक्रीका लागि थप टिकटहरू कसरी अचानक उपलब्ध भए भन्नेबारे स्पष्ट पारेको छैन। यस सम्बन्धमा सोधिएको प्रश्नको फिफाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन  ।