आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो

आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार सुन तोलामा २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर तोलामा ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीवार चाँदी तोलामा ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।