सुन तोलामा ५ हजार ८ सय रुपैयाँले घट्यो

सुन तोलामा ५ हजार ८ सय रुपैयाँले घट्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले घटेर चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीवार चाँदी चार हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो ।