काठमाडौँ । गुडिरहेको मोटरसाइकलमा असुरक्षित ढंगले उभिएर भिडियो बनाएको घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेको छ।
सिरहा-१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानमा उपस्थित भई तोकिएको जरिबाना स्वयं बुझाएको प्रहरी स्रोतले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गुप्ता चलिरहेको बुलेट मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइल फोनमार्फत भिडियो खिचिरहेको देखिएको थियो। उक्त दृश्य सार्वजनिक भएपछि ट्राफिक नियमको उल्लंघन गरेको भन्दै उनको व्यापक आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिमाथि पनि कानुन समान रूपमा लागू हुनुपर्ने विषयमा समेत सामाजिक सञ्जालमा बहस भएको थियो।
उक्त घटनापछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आधारमा सांसद गुप्तामाथि पाँच सय रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको हो।
घटनाको भिडियो सार्वजनिक भएपछि बढेको आलोचनापछि सांसद गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा क्षमायाचना गरेका थिए।


प्रतिक्रिया