काठमाडौं । राप्रपा सांसद खुस्बु ओलीले भोलीका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित नगर्न माग गरेकी छिन् ।
सुनसरीलगायत देशले आन्तरिक सुरक्षाको चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै सांसद ओलीले भोलीका लागि तय भएको प्रतिनिधसभा बैठक स्थगित नगर्न आग्रह गरेकी हुन् ।
‘देशले गम्भीर आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको छ। यस्तो संवेदनशील अवस्थामा संसद बैठक श्रावण १४ गते तोकिए बमोजिम नै राखिनु पर्दछ,’ उनको माग छ, ‘सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना लगायत विषयमा तत्काल संसदीय छलफल आवश्यक छ। यस सन्दर्भमा, संघीय संसद सचिवालय तथा सम्माननीय सभामुखज्यूसँग प्रतिनिधि सभा बैठक यथाशीघ्र तोकिए बमोजिम १४ गते नै आह्वान गरिदिनहुन हार्दिक आग्रह गर्दछु।’


प्रतिक्रिया