देवानगञ्ज घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक, गएनन् ओली

देवानगञ्ज घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक, गएनन् ओली


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सिंहदरबारमा सुरु भएको हो ।

 सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली सहभागी भएका छैनन् । ओलीले बैठकमा आफ्नो प्रतिनिधिका रूपमा महासचिव शंकर पोखरेललाई पठाएका हुन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओलीलगायतका नेताहरू उपस्थिति छन् ।