सुनसरी घटना नियोजित तरिकाले घटाइएको हो: दुर्गा प्रसाईं

सुनसरी घटना नियोजित तरिकाले घटाइएको हो: दुर्गा प्रसाईं


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे सरकारमाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्।

मंगलबार सार्वजनिक भिडियो सन्देशमा प्रसाईँले देवानगञ्जको घटना योजनाबद्ध रूपमा गराइएको दाबी गर्दै त्यसको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।

प्रसाईँले भने, ‘सुनसरीको घटना नियोजित तरिकाले घटेको घटना हो र घटाइएको घटना हो ।’ उनले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको हिंसा र द्वन्द्वबाट समस्या समाधान नहुने बताएका छन्।

प्रसाईँले भने, ‘मुस्लिम समुदायप्रति मेरो कुनै विरोध छैन। नेपालमा जन्मिएका मुस्लिम दाजुभाइप्रति मेरो सम्मान छ। तर केही बाह्य शक्तिले नेपालमा अस्थिरता सिर्जना गर्न खोजेको मेरो बुझाइ छ।’