सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।