काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर रु दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया