प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि चल्यो गोली, एकजना पक्राउ

प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि चल्यो गोली, एकजना पक्राउ


ग्लोब नेपाल
162
Shares

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली प्रहार गरी कर्मा तामाङलाई पक्राउ गरेको छ। चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोप लागेका तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति करिब १०ः२५ बजे तामाङलाई पक्राउ गर्न खोज्दा उनले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षा तथा नियन्त्रणका लागि प्रहरीले तीन राउन्ड गोली प्रहार गरेको जनाएको छ।

प्रहरीको गोली तामाङको खुट्टामा लागेको छ। घाइते उनलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार तामाङ यसअघि कैद भुक्तानका क्रममा रहेको अवस्थामा जेनजी आन्दोलनका बेला फरार भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।