नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुँदै

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ । केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा उक्त बैठक बस्ने छ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकोे उपस्थिति रहने कार्यबहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

निबर्तमान सभापति शेरबहादुर देउवाले दिएको कांग्रेसको आधिकारिकता सबन्धी बिबादमा पुनरावलोकन गर्न निस्सा दिएको केही दिन पछि कांग्रेस केन्द्रिय समिति बैठक बस्न लागेको हो। 

त्यसो त देउवा समुहले पुर्व महामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा साउन २९–३१ गते अलग्गै राष्ट्रिय भेला आयोजना गरेको र बिगत ५ महिना देखी सिंगापुर र हङकङमा स्वास्थ्य उपचाररत देउवा साउन २६ गते राती स्वदेश फर्किने र कोइरालाको नेतृत्वको भेलालाई देउवाले सम्बोधन गर्ने तय भए पछि कांग्रेस लगभग बिभाजनको संघारमा पुगेको छ ।

सो दिनसम्म पनि गगन थापा नेतृत्वको कांग्रेसले एकताका लागि पहल नगरेमा अलग्गै पार्टी घोषणा गर्ने तयारी कोइराला समु्हले गरे पछि कांग्रेस यतिखेर औपचारिक रुपमा दुई चिरा हुने निकट अवस्थामा पुगे पछि थापा कांग्रेसले आजवाट केन्द्रिय समिति बैठक बोलाएको हो ।