३ लाख कट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ लाख कट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । प्रतितोला सुन ४ हजार ८ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको थियो ।