विराटनगर । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । काँग्रेसका पाँचमन्त्री र एक राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ छन् ।
काँग्रेस सरकारबाट बाहिरिउसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने भएको छ । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा सामेल हुने निश्चित भएकाले कार्कीको मुख्यमन्त्री पद भने सुरक्षित छ ।
एमाले र नेकपाबीच गत साउनमा प्रदेश सरकारहरूमा सहकार्य गर्नेसम्बन्धी तीन बुँदे समझदारी भएको थियो । काँग्रेस बाहिरएपछि मुख्यमन्त्री कार्कीले केही दिनभित्रै नेकपाबाट मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थालेका छन् ।


प्रतिक्रिया