समापन समारोहमा गएनन् पूर्णबहादुर र शेखर

समापन समारोहमा गएनन् पूर्णबहादुर र शेखर


ग्लोब नेपाल
0
Shares

काठमाडौं। नेपाली कांग्रेसको इतरसमूहको भेलामा नेता पुर्व उपसभापति पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित भएका छन् । भेलाको उद्घाटन समारोहमा भने दुवैजना नेता उपस्थित भए पनि समापन समारोहमा नगएका हुन्।

भेलाले नेता शशांक कोइरालालाई नै महाधिवेशनसँग सम्बन्धित सबै क्रियाकलाप अघि बढाउन जिम्मेवारी दिएको छ ।पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णयसमेत सो समूहले गरेको छ ।

“पूर्णबहादुर खड्का र नेता शेखर कोइराला दुवैजना समापन समारोहमा उपस्थित हुनुभएन,” सहभागी एक प्रतिनिधिले भने ।