विदेशी मुद्रासहित निगमका २ कर्मचारी विमानस्थलबाट पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी विमानस्थलबाट पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ ।

आइतबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका निगमका दुई कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले निगमका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

उनका अनुसार ती कर्मचारीले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको देखिएपछि नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिइएका दुवै कर्मचारीको परिचय भने खुलाएको छैन । उनीहरूमाथि थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।