संसदमा तालमेल नमिले पछि रबि लामिछाने मन्त्री र सांसदसँग सामुहिक छलफल गर्दै

संसदमा तालमेल नमिले पछि रबि लामिछाने मन्त्री र सांसदसँग सामुहिक छलफल गर्दै


ग्लोब नेपाल
270
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग सामुहिक छलफल गर्दैछन् । बुधवार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार सभापति लामिछानेले सामुहिक छलफल गर्न लागेका हुन ।

मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा सभापति लामिछानेले सामुहिक छलफल गर्न लागेका हुन् ।

संसद बैठकमा बोल्दा एकरूपता नभए पछि सभापति लामिछानेले पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशानिर्देश गर्नेछन्। उनका अनुसार आजको बैठकमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरिएको छ ।