काठमाडौं । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति अमेरिकाले नयाँ नेतृत्व पाएको छ । गत आइतबार सम्पन्न समितिको तेस्रो अधिवेशनले झन्डै १२ वर्षपछि नयाँ नेतृत्व चयन गरेको हो ।
भर्जिनियामा सम्पन्न अधिवेशनले मुनेन्द्र नेम्वाङलाई सभापतिमा निर्वाचित गरेको छ । नेम्वाङ २६६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । सभापतिका अर्का प्रत्यासी सीपी पौडेलले १३८ मत ल्याएका थिए ।
समितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट १३२ मत प्राप्त गरी निर्वाचित भए । एक वरिष्ठ उपसभापति पदका लागि ४ जना उम्मेदवार थिए । यसैगरी उपसभापतिमा हरिप्रसाद शर्मा (१७८), निमा बोम्जन (१४५), सञ्जीव श्रेष्ठ २३५), श्रीराम थापा (१८०) र युवा उपसभापतिमा सुशील खत्री (२४१) विजयी भएका थिए । महिला उपसभापतिमा लक्ष्मी केसी निर्विरोध निर्वाचित भएकी छिन् । यसैगरी युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत पनि निर्विरोध निर्वाचित भएका छन् ।

समितिको महामन्त्री पदमा गौतम दाहाल र नारायण खनाल निर्वाचित भएका छन् । दुई महामन्त्री पदका लागि ५ जना उम्मेदवार चुनावी मैदानमा थिए । किलनचान राई, प्रतिक पाण्डे, अनन्तराज सुवेदी र रोशन अधिकारी महामन्त्रीका अन्य उम्मेदवार हुन् । निर्वाचित महामन्त्री दाहाल यस ग्लोब नेपाल डटकमका संस्थापक हुन् ।
सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार निर्वाचित भएका छन् । दुई सहमहामन्त्री पदका लागि सात जना चुनावी मैदानमा थिए । रोशन अधिकारी, मुकुन्दराज दाहाल, रामचन्द्र अधिकारी, महेश के मल्ल, बाबुराम दवाडी सहमहामन्त्री पदका उम्मेदवार बनेका थिए । कोषाध्यक्ष पदमा नारायणप्रसाद पोखरेल निर्वाचत भएका छन् । उनलाई भोला मैनाली र राज ढुंगानाले चुनौति दिएका थिए ।
१६ जना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो । निर्विरोध निर्वाचित केन्द्रीय सदस्यहरुमा खेमराज बास्तोला, लोकनाथ तिम्सिना, हरिप्रसाद खनाल, राजु रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, विश्वमान आङदेम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज न्यौपाने, रोशनकुमार ढुंगाना, नेत्र केसी र अनिल पाण्डेय रहेका छन् ।
अधिवेशनको उद्घाटन काँग्रेस महामन्त्री गुरु घिमिरेले गरेका थिए भने सभापति गगन थापाले भर्चुअल सम्बोधन गरेका थिए । अधिवेशनमा कूल ८५० प्रतिनिधि मध्ये ४७४ जनाले मतदान गरेका थिए ।


प्रतिक्रिया