३ बजे नियमित मन्त्रिपरिषद् बैठक बस्ने

३ बजे नियमित मन्त्रिपरिषद् बैठक बस्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ः०० बजे बस्नेगरी नियमित मन्त्रीपरिषदको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुनेछ ।

आजको बैठकबाट रिक्त एक सचिव पदमा बढुवा गर्ने निर्णयसमेत हुन सक्ने बताइएको छ । केही दिनअघि सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरी सरकारसमक्ष पठाइसकेको छ । बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका अन्य प्रस्तावमाथि पनि छलफल तथा निर्णयसँगै केही महत्वपूर्ण अन्य निर्णयसमेत हुनसक्ने जनाइएको छ ।