महाधिवेशन प्रक्रिया रोक्न कांग्रेस संस्थापनइतर सर्वोच्च जाने

महाधिवेशन प्रक्रिया रोक्न कांग्रेस संस्थापनइतर सर्वोच्च जाने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरिएको भन्दै इतर समूह अदालत जाने तयारीमा जुटेको हो ।

इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालतमा निवेदन दिने तयारी भइरहेको जानकारी दिए ।

‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले त्यो विषयलाई एकतर्फी रूपमा अगाडि बढाउन स्वाभाविक रूपमा मिल्दैन,’ उनले भने, ‘तर, प्रक्रिया अगाडि बढाइएको छ । हाम्रो पक्षबाट अदालतमा त्यस विषयमा निवेदन पर्छ ।’

विश्वकर्माका अनुसार नेता रमेश लेखक संयोजक रहेको कानून तथा विधान समितिले अदालतमा निवेदन दिनेछ । यद्यपि, अदालत जाने मिति भने तय भइसकेको छैन ।