काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश सिंहले पार्टीका सांसदहरूले कुटाई खाने दिन आउन लागेको बताएका छन् ।पार्टी सभापति रबि लामिछानेले बोलाएको मन्त्री र सांसदहरू बिचको सामुहिक छलफलमा उनले सो दाबी गरेका हुन् ।
नेपाली कांग्रेस सभापति गगन थापालाई सर्लाही-४ वाट पराजित गरेर थप चर्चामा रहेका सांसद सिंहले तराई मधेसका पार्टीका सांसदले छठ पछाडी पिटाई खाने दाबी गरेका हुन् ।
`मलाई एक हप्ता दिनुहोस् म सरकारका १ सय गल्ती निकालिदिन्छु,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेसमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन्´ उनले बैठकमा भने ।
तिहार पछि तराई मधेसमा हिन्दु धर्मालम्बीहरूले सुुर्यको उपसना गरि हर्षोल्लासका साथ छठ पर्व मनाउँछन् । पछिल्लो समय सांसद सिंह आफ्नै पार्टी नेतृत्व र बालेन्द्र सरकारसँग निरन्तर असन्तुष्ट रहदै बिबादस्पद अभिब्यक्ति दिदै आएका छन् ।


प्रतिक्रिया