काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बनस्थली, काठमाडौं घन्टीघरमा सो केन्द्रिय समितिको बैठक बस्दैँछ । जसअनुसार ११ः०० बजे देखी सो बैठक सुरू हुनेछ ।
पार्टीका रिक्त रहेका र थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदहरूमा मनोनयन गर्ने, केन्द्रीय समिति सदस्य र पदाधिकारीहरूको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिको गठन र सदस्य मनोनयन लगायत छलफलको अजेन्डामा राखिएको छ ।
आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूचीमा उल्लेख गरिएको छ। जसअनुसार आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्नेछ भने ‘राइट टु रिकल’ अर्थात जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकार सम्बन्धी दस्तावेज निर्माण गर्ने बिषय पनि छलफलमा रहनेछ ।
साथै, पार्टीको आधिकारिक धारणा र गतिविधिहरू सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि हुने महासचिव बीपीन आचार्यले जानकारी दिए ।


प्रतिक्रिया