काठमाडौँ । प्रधानमन्त्री बालेन साह मुक्तिनाथ मन्दिर दर्शनका लागि बिहान पौने ८ बजे सपरिवार प्रस्थान गरेका छन् । बालुवाटारबाट बा.प्र ०३० च ९५९५, बा.प्र ०३३ च ५३२४ नम्बरको गाडीमा निस्केको प्रधानमन्त्रीको टोली थानकोट,कुरिनटार,पोखरा,कुस्मा हुँदै मुक्तिनाथ जाने कार्यक्रम छ ।
पोहोर भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा भीडको आक्रमणमा परेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जोगाउन गएको बेला ढुङ्गामुढाको सिकार भएर एउटा ब्लेड भाँचिई मर्मत भैसकेको अगुस्टा कम्पनीको भिआइपी हेलिकप्टर पोखरा विमानस्थलमा स्ट्याण्डबाइ छ ।
पोखराको अन्नपूर्ण रिसोर्ट बुक
प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक भइसकेको छ । तर सुरक्षा सयंन्त्रले भने अहिलेसम्म पनि बेखबर भएको बताइरहेका छन् ।
स्रोतका अनुसार अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको छ । प्रधानमन्त्री बालेनको बसाइका लागि काठमाडौंबाटै सुरक्षा जाँच र प्रबन्ध मिलाउनका निम्ति टोली अस्ताममा रहेको रिसोर्ट स्रोतको भनाइ छ ।


प्रतिक्रिया